बुटवल।नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा कक्षा ११ व्यवस्थापन समूह अन्तर्गत होटल व्यवस्थापनमा अध्ययनरत विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम सोमवार सम्पन्न भयो ।
उक्त अवशरमा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष एवं विद्यालयका संरक्षक राम चन्द्र क्षेत्रीले विद्यार्थीहरुले घोकेर अध्ययन गर्नु भन्दा बुझेर अध्ययन गरेमा पढाइ दिगो हुनेमा जोड दिदै कक्षा कोठामा रहदा तनमन र ध्यान दिन र कक्षा कोठामा रहँदा विषयवस्तुमा केन्द्रित हुन आग्रह गर्दै अहिलेको समय प्रतिस्पर्धाको भएकोले प्रतिस्पर्धा गर्न सक्ने अब्बल, दक्ष जनशक्ति आवश्यक पर्ने भएकोले लगनशील भएर श्रम बजारमा बिक्ने किसिमले लाग्न आग्रह गर्नु भयो ।

सहजकर्ता होटल व्यवस्थापनमा लामो अनुभव भएका दिवाकर प्रधानले होटल व्यवस्थापनको अहिलेको समयमा आवश्यकता माग तथा आकर्षण होटल व्यवस्थापनमा बढ्दै गएको हुँदा प्रयोगात्मक पक्षलाई ध्यानपूर्वक कार्यान्वन गर्न आग्रह गर्नु भयो ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका समग्र अवस्थाको बारेमा प्रकाश पार्नु भएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन खनालले विद्यार्थीले पालना गर्नु पर्ने आचारसंहिता २०८२ को सम्बन्धमा सहजीकरण गर्नु भएको थियो कार्यक्रममा व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी र होटल व्यवस्थापनका संयोजक आशिष के.सी. लगायतले धारणा राख्नु भएको कार्यक्रमको संचालन व्यवस्थापन समूह कक्षा १२ कि विद्यार्थी रक्षा भट्टराई गरेकी थिइन् ।
कार्यक्रममा सांस्कृतिक संयोजक अर्जुन शाह ठकुरीको नेतृत्वमा विद्यार्थीहरुले रोचक नृत्य प्रस्तुत गरेका थिए ।