क्यानन माविमा अभिभावक नृत्य प्रतियोगिता सम्पन्न, बिनिता नेपाली प्रथम

by समतल अनलाइन
Shares

बुटवल।बुटवलस्थित क्यानन माध्यमिक विद्यालयमा अभिभावक नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको विशेष कार्यक्रमअन्तर्गत आयोजना गरिएको प्रतियोगितामा १३ जना अभिभावकले भाग लिएका थिए।

प्रतियोगितामा बिनिता नेपालीले उत्कृष्ट नृत्य प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरिन्। उनले नगद ५ हजार रुपैयाँ, प्रमाणपत्र र मायाको चिनो प्राप्त गरिन्।

त्यस्तै, स्मिता पुन दोस्रो भइ ४ हजार रुपैयाँसहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गर्न सफल भइन्। सुमन खाम्चा तेस्रो स्थानमा रहेर ३ हजार रुपैयाँ, प्रमाणपत्र र मायाको चिनो पाए।

नेत्र डुम्रे सान्त्वना स्थानमा रहेर २ हजार रुपैयाँ, प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे भने ‘उत्कृष्ट दर्शक रोजाइ’तर्फ गौरव पुन चयन भए। उनले १ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे।

कार्यक्रममा नृत्य निर्देशक अनु रजक र किशोर थापा निर्णायकको भूमिकामा थिए। विजेताहरुलाई विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले पुरस्कार वितरण गरेका थिए।

सो अवसरमा चर्चित कलाकार रितु शाहीले सहभागी अभिभावकहरूलाई विभिन्न गीतमार्फत नचाउँदै मनोरञ्जन प्रदान गरेकी थिइन्। प्रतियोगिता विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको विद्यालयले जनाएको छ।

You may also like

This will close in 0 seconds