बंगलादेशसँग भिडदै नेपाल, जित्नै पर्ने दबाव

by समतल अनलाइन
Shares

काठमाडौं । नेपाली महिला फुटबलरले आज शक्तिशाली मानिएको बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछन् । नेपाली यू–२० महिला फुटबल टोली साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि लागि आज बंगलादेशसँग भिड्न लागेका हो ।

यस प्रतियोगिताको अन्तिम खेल आज ढाकास्थित बसुन्धरा किंग्स एरेनामा हुँदैछ । सो खेल साँझ ६ः४५ बजेवाट सुरू हुनेछ । हालसम्म बंगलादेशले सबै ५ खेलमा जीत हासिल गरेर १५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपालले ४ जित र १ हारसहित १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

सो क्रममा नेपाली महिला टोलीले लामो र फरक अन्तरले भुटान र श्रीलंकालाई दुई–दुई खेलमा पराजित गरे पनि तर आज पुनः प्रतिस्पर्धमा उत्रन लागेको बंगलादेशसँग भने पराजित हुन बिवश भएको थियो ।

तर, ‘राउण्ड रोविन लिग’ को अन्तिम खेल भए पनि नेपालका लागि भने यो अघोषित फाइनल जस्तै हुनेछ । किनभने अन्तिम खेलअघि नेपालभन्दा बंगलादेशले ३ अंक बढी जोडेर प्रतिस्पर्धामा आउँदैछ ।

त्यसैले अंक बराबरी गर्न पनि नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनु अनिवार्य छ । त्यसो भएमा मात्रै नेपालले बंगलादेशसँग समान अंक साझेदार गर्न सक्छ । त्यसमा पनि, यस्तोमा च्याम्पियन बन्नका लागि गोल अन्तर निर्णायक हुनेछ ।

हालसम्म ५ खेलमा नेपालले कूल ३० गोल गर्दा बंगलादेशले भने जम्मा २४ गोल मात्रै गरेको छ । दुवै टिमले समान ४ गोल व्यहोरेका छन् । नेपाल र बंगलादेशबीच ‘हेड टु हेड’ मा बंगलादेशले पहिलो खेल ३–२ ले जितेको थियो ।

अहिलेसम्म बंगलादेश ‘हेड टु हेड’ मा पनि अघि छ र ‘हेड टु हेड’ गोलअन्तरमा पनि उ एक गोलले अघि रहेको छ । तर, आज जित्नै पर्ने दबाबका बीच नेपाली महिला फुटबलर मैदानमा उत्रदै छन् ।

You may also like

This will close in 0 seconds