ल्हेन्देखोला बाढी: बीमा दाबी २९ करोड नजिक, ६३ वटा दाबी परे

by समतल अनलाइन
Shares

काठमाडौं । रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न सात बीमा कम्पनीमा सो बराबरको दाबी परेको हो ।

शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको १० वटा दाबी परेको छ भने नेको इन्स्योरेन्समा पाँच करोड २० लाख बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा तीन करोड ४१ लाख ५० हजार बराबरको सात वटा दाबी परेको छ ।

त्यसैगरी नेपाल इन्स्योरेन्स कम्पनीमा एक करोड २८ लाख ५० हजार बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा ७७ लाख बराबरको छ वटा, आइजीआई प्रूडेन्सियलमा ७५ लाख ५० हजार बराबरको नौ वटा बीमा दाबी परेको छ । यस्तै युनाइटेड अजोड इन्स्योरेन्समा ६८ लाख बराबरको तीन वटा, एनएलजी इन्स्योरेन्समा ४७ लाख बराबरको छ वटा र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ३१ लाख बराबरको सात वटा बीमा दाबी परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हालसम्म कूल ६३ वटा बीमा दाबी परेका छन् ।

ल्हेन्देखोलामा आएको बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपास पार्किङ गरिएका सवारीसाधन बगेका थिए भने रसुवागढी जलविद्युत् आयोजना लगायतका अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको थियो ।

You may also like

This will close in 0 seconds