95
नारायणगढ मुग्लिन सडकखण्डमा माथिबाट ढुङ्गा खस्दा तीनजना घाइते भएका छन्।
आइतबार दिउँसो यस सडकखण्ड अन्तर्गतको इच्छाकामना-५ स्थित तुइनखोलामा माथिबाट ढुङ्गा खस्दा भारतीय नम्बर प्लेटको युपी ८० जिपी २९२८ नम्बरको कारमा सवार तीनजना घाइते भएका हुन्।

घाइते हुनेहरूमा तीनैजना भारतीय नागरिक हुन्। कार चालक भारतको आग्रहका ४२ वर्षीय रतेन्द्र यादव, सोही ठाउँका ३३ वर्षीय हर्मोन यादव र हितेन्द्र यादव रहेका छन्।
उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।
उनीहरू भारतबाट काठमाडौंतर्फ जाँदै थिए। उनीहरूको उपचारका लागि मुग्लिनस्थित स्थानीय मेडिकलमा पठाइएको उनले जानकारी दिए।
ढुङ्गा खस्दा कारको अगाडिको भागमा क्षतिसमेत भएको छ।
previous post