“खेत बाँझिएको छ, सपना परदेशिएको छ”

by समतल अनलाइन
1031Shares

रबिन कुमार कार्की
बिउ राख्ने झन्झट हरायो
हलो, कोदालो र हलीको टन्टा हरायो
कुलो मर्मत-स्याहारको पिरलो हरायो
किनकि खेत-बारी बा…झै राखेर कान्छो परदेशमा हरायो।

खेत रोपाइको चटारो हरायो
रोपाइमा पानी पुग्छ कि पुग्दैन भन्ने पिरलो हरायो
खोजेका खेतला आइदिन्छ कि नाइँ भन्ने सुर्ता हरायो
किनकि खेत-बारी बा…झै राखेर माइलो पनि शहर तिरै रमायो।।

गोडमेल र मलजलको चिन्ता हरायो
फसल राम्रो हुन्छ कि नाइँ त्यसको पिरलो हरायो
अन्नवाली काट्ने भित्राउने झन्झट हरायो
किनकि दुकान गयो किन्यो, ल्यायो, खायो त्यसैमा रमायो।।।

मानो रोपी मुरी उब्जाउने भन्यो उत्सव मनायो, त्यसैमा एक-दिन रमायो।।

You may also like