नेपाल फार्मेसी संघ लुम्बिनीको अध्यक्षमा खेमराज तिवारी निर्वाचित

by समतल अनलाइन
Shares

कपिलवस्तु । नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा खेमराज तिवारी निर्वाचित हुनुभएको छ । शनिबार कपिलवस्तुको चन्द्रौटामा सम्पन्न साधारण सभा तथा अधिवेशनले तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सुभेन्द्रप्रसाद यादव, शुभम अधिकारी र शुभेक्षा गौतम निर्वाचित हुनुभएको छ । यस्तै, महासचिवमा उदयबहादुर खत्री, सचिवमा महेश रानाभाट र सुनिल द्विवेदी चयन हुनु भएको छ । कोषाध्यक्षमा ओजस्वी राजथला चयन हुनु भएको छ भने कार्यसमिति सदस्यहरूमा सुजाता डाँगी र विमल घर्ती मगर निर्वाचित हुनु भएको छ ।

कार्यक्रममा नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष युवराज भुसालले “जहाँ औषधी, त्यहाँ फर्मासिष्ट” भन्ने मूल नारालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

संघका लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका निवर्तमान केन्द्रीय अध्यक्ष किरण ढकाल, केन्द्रीय सचिव ध्रुवकुमार शर्मा लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

अधिवेशनका अवसरमा लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्लाका अध्यक्षहरूले आ–आफ्नो जिल्लाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

You may also like