सिद्धार्थनगर नगरपालिका ‘पूर्ण संस्थागत प्रसुति सेवायुक्त र खोप सुनिश्चितता दिगोपना’ घोषणा

Shares

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पुर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मगंलवार आयोजित एक कार्यक्रममा नगर प्रमुख एवं सविधान सभा सदस्य इश्तियाक अहमद खाँले नगरपालिकालार्ई पुर्ण संस्थागत प्रशुती र खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले पुर्ण संस्थागत प्रशुती र खोप सुनिश्चितता दिगोपना घोषणा पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणाका लागी खट्नुहुने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताए । उनले सिद्धार्थनगरले एक पछि अर्को गर्दै उत्कृष्ट काम गर्दै गएको समेत उल्लेख गरे । नगर प्रमुख खाँले नियमित रुपमा खटेर सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिदै महिला स्वास्थ्य स्वयंसेविकाको सेवासुविधा बढाउने कुरामा पालिका सकारात्मक रहेको बताए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले खोप लगाउन पाउनु बालबालिकाको अधिकार भएको बताए । प्रमुख प्रशासकीय अधिकृत जनक थापालेसबैको मिहिनेत र सहयोगले सिद्धार्थनगरलाई पुर्ण संस्थागत प्रशुती र खोप सुनिश्चितता दिगोपना घोषणा गर्न सफल भएको बताए ।

पूर्ण खोप पालिका सुनिश्चित गर्ने कार्यविधि राष्ट्रिय निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रियाहरु पूरा गरी सिद्धार्थनगरले पुर्ण संस्थागत प्रशुती र खोप सुनिश्चितता दिगोपना घोषणाका लागी १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको स्वास्थ्य शाखा प्रमुख इस्वरी न्यौपानेले जानकारी दिए । कार्यक्रममा पालिकालाई पुर्ण संस्थागत प्रशुती र खोप सुनिश्चितता दिगोपना घोषणाका दुईबटा छुट्टा छुट्टै प्रमाण पत्र प्रदा नगरिएको थियो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाई र समितिका सदस्य सचिव चिन्तामणि ज्ञवालीले उक्त प्रमाणपत्र नगर प्रमुख खाँलाई प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा भिम अस्पतालका मेडीकल सुपरिटेण्डेन डा शकुन्तला गुप्ता, मेडीकल कलेज भैरहवाका डा शदन मुखी, बडा नं ९ का वडा अध्यक्ष सेसकान्त भण्डारी, स्वास्थ्य शाखाकी गिता न्यौपाने पोखरेल, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु ल्गायतको सहभागिता रहेको थियो ।

You may also like