बुटवल मोबाइल संघको अवलोकन भ्रमण : अर्घाखाँचीका धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन

Shares

बुटवल।बुटवल मोबाइल संघले अर्घाखाँची जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण सम्पन्न गरेको छ। संघका अध्यक्ष शिवदेव अर्यालको नेतृत्वमा १८ सदस्यीय टोलीले सुपादेउराली मन्दिर, दुर्बासेश्वर गुफा, दुर्गाफाँट र बालकोट क्षेत्र भ्रमण गरेको हो।

भ्रमणमा संघका निवर्तमान अध्यक्ष विष्णु ज्ञवाली, वरिष्ठ सल्लाहकारहरू, कार्यसमितिका सदस्यहरू तथा संघका अन्य सक्रिय सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भ्रमण संयोजकको भूमिका भुवन पाण्डेले निर्वाह गरेका थिए।

संघका अध्यक्ष शिवदेव अर्यालले भ्रमणको उद्देश्यबारे बताउँदै भने,धार्मिक तथा प्राकृतिक स्थलहरूको अवलोकन गर्नुका साथै सदस्यहरूबीचको सहकार्य, आत्मीयता र आपसी सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले यो भ्रमण आयोजना गरिएको हो।

निवर्तमान अध्यक्ष विष्णु ज्ञवालीले भने, यस्ता भ्रमणले नयाँ स्थानको जानकारी दिनुका साथै संगठनभित्रको सम्बन्धलाई थप सशक्त बनाउँछ। संघको दीर्घकालीन मजबुतीका लागि यस्ता गतिविधि लाभदायक हुन्छन्।

भ्रमण संयोजक भुवन पाण्डेले भने सबै सदस्यको सक्रिय सहभागिता र उत्साहले भ्रमण सफल बन्यो। आगामी दिनहरूमा पनि यस्ता रचनात्मक र प्रेरणादायी कार्यक्रमहरूलाई निरन्तरता दिने योजना छ।

भ्रमणका क्रममा सहभागी सदस्यहरूले सुपादेउराली मन्दिरको धार्मिक गरिमा, दुर्बासेश्वर गुफाको ऐतिहासिकता, दुर्गाफाँटको प्राकृतिक सौन्दर्य र बालकोट क्षेत्रको सांस्कृतिक विशेषताबारे प्रत्यक्ष अनुभव लिएका थिए।

You may also like