नेपाल फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा चोकलाल सापकोटा निर्वाचित

Shares

बुटवल ।नेपाल फार्मेसी संघ, रुपन्देहीको अध्यक्षमा चोकलाल सापकोटा निर्वाचित हुनुभएको छ। शनिबार बुटवलमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सापकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नयाँ कार्यसमितिमा उपाध्यक्षका रूपमा भरत गिरी र सुशिला वञ्जाडे चयन हुनुभएको छ। महासचिवमा महेश पाण्डे, कोषाध्यक्षमा पिताम्बर अधिकारी, सचिवमा सञ्जिता ढकाल र नारायण विक्रम कुवर तथा सहकोषाध्यक्षमा रिना केसी चयन हुनुभएको निर्वाचन समितिका संयोजक तथा संघका सल्लाहकार धर्मराज भट्टराईले जानकारी दिनुभयो।

त्यस्तै कार्यसमिति सदस्यमा खेमराज ज्ञवाली, दिलिपकुमार जैसवाल, आशिष आचार्य, निरज गुरुङ, पवनकुमार कोहार र महफूज अहमद धुनिया चयन हुनुभएको छ।

You may also like

This will close in 0 seconds