भुतुङ छापचौर तराई सम्पर्क समाजद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम

Shares

बुटवल।भुतुङ छापचौर तराई सम्पर्क समाजले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा बोल्दै समाजका संरक्षक हिराध्वज साहाले सम्पर्क समाजको मुख्य उद्देश्य जन्मथलो, पहाड र तराईबीच मेलमिलाप र विकासलाई जोड्ने रहेको बताए। “समाजले गर्ने हरेक राम्रा कामहरूले समाजको पहिचान झल्काउँछ, त्यसैले सबै सदस्यले राम्रो मन, बचन र कर्मले अघि बढ्नुपर्छ,” उनले जोड दिए।

साहाले सम्पर्क समाज जन्मथलो छोडेर तराईमा बसोबास गर्ने सदस्यहरूको सुख–दुखमा साथ र सहयोग गर्ने साझा थलो भएको उल्लेख गर्दै, सबैलाई एकजुट भएर गाउको पर्यटन विकासमा लाग्न आग्रह गरे।

कार्यक्रममा सम्पर्क समाजका अध्यक्ष राजकुमार केसीले गाउबाट तराई आएका सदस्यहरूको सुख–दुखमा निरन्तर साथ दिँदै आएको समाजले गलत प्रचारमा नलागी राम्रो काम गरेर समाज अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, दुर्गा भवन मावि छापचौरका पूर्व प्रधानाध्यापक पुन्यप्रसाद गौतम, समाजका वरिष्ठ उपाध्यक्ष मनबहादुर थापा, सचिव नामबहादुर केसी, सल्लाहकार कुलबहादुर केसी र पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष तथा समाजका सल्लाहकार विश्वास ढकालले समाजले सबैको भावना समेटेर जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै सम्पर्क समाजले तयार गरेको क्यालेन्डर औपचारिक रूपमा विमोचन गरिएको थियो।

You may also like