बुटवल। बुटवलको नरैनापुरमा जारी अण्डर–१४ वेस्टर्न क्रिकेट कप २०८१–८२ अन्तर्गत तेह्रौं दिन सम्पन्न खेलहरूमा रुपन्देही क्रिकेट एकेडेमी र देवदह क्रिकेट युनिट विजयी भएका छन्।
मंगलबार भएको खेलमा रुपन्देही क्रिकेट एकेडेमीले इलिट जुनियर विरुद्ध ४९ रनले शानदार जीत दर्ता गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको रुपन्देहीले १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनायो। टोलीका लागि शोएब हसन ले १९ बलमा अविजित २८ रन बनाए भने बलिङमा ३ दशमलव १ ओभरमा २ विकेट लिँदै म्यान अफ द म्याच घोषित भए।
इलिट जुनियरको बलिङतर्फ स्पर्श आचार्य ले ४ विकेट र कृष्णा पन्थी ले ३ विकेट लिँदै राम्रो प्रदर्शन गरे।
९२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको इलिट जुनियरको टिम रुपन्देही क्रिकेट एकेडेमी का बलरहरू अगाडि टिक्न नसक्दै ११ दशमलव १ ओभरमै जम्मा ४२ रनमा अलआउट भयो। सत्यम हरिजन ले ३ विकेट लिए भने शोएब हसन र सरिक अली ले २–२ विकेट लिए।
त्यसैगरी आजकै दोस्रो खेलमा देवदह क्रिकेट युनिटले शान्ति नमुना स्कुल लाई ८ विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको शान्ति नमुनाले १६ दशमलव २ ओभरमा सबै विकेट गुमाएर जम्मा ४७ रन बनायो। कप्तान रुद्राक्ष भट्टराई लगायतका सुरुवाती ब्याट्सम्यानहरू छिट्टै आउट भए। नितिश कुमार ठाकुर ले सर्वाधिक १६ रन बनाए। बलिङतर्फ रोहन कुमार ले ४ ओभरमा ३ मेडन राख्दै २ विकेट लिए भने रोमान कुमार ले पनि २ विकेट हात पारे।
४८ रनको लक्ष्य लिएर मैदान उत्रिएको देवदह क्रिकेट युनिट ले ४ दशमलव ६ ओभरमा २ विकेट गुमाएर सहज जीत हासिल गर्यो। रोहित कुँवर ले १३ बलमा १८ रन बनाए भने रोहन कुमार ८ रनमा अविजित रहे। बलिङतर्फ शान्ति नमुना स्कुल का दिपज आर्याल र सफल पाठक ले एक–एक विकेट लिए।
३ विकेट लिएको र ब्याटिङमा पनि महत्वपूर्ण योगदान पुर्याएको आधारमा रोहन कुमार म्यान अफ द म्याच घोषित भए।