नमस्ते नेपाल केन्द्रद्वारा नयाँ वर्ष २०८२ को शुभकामना तथा क्यालेन्डर विमोचन

Shares

बुटवल। नयाँ वर्ष २०८२ को अवसरमा सामाजिक संस्था नमस्ते नेपाल केन्द्रले शुभकामना आदानप्रदान तथा क्यालेन्डर वितरण कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार बुटवलमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख खेलराज पाण्डे प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पाण्डेले भने “यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक सोच र एकताको भावना विकास गर्न मद्दत गर्छ।

उनले नमस्ते नेपालले सामाजिक सेवामा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय छ, आगामी दिनमा पनि नगरपालिकाले यस्ता प्रयासमा साथ दिनेछ।”

कार्यक्रममा संस्थापक अध्यक्ष अर्जुन खरेलले नमस्ते नेपालको स्थापना, उद्देश्य र योगदानबारे चर्चा गरे । विमोचन समारोहमा नमस्ते नेपालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नयाँ वर्षको सुरुवातसँगै संस्थाले स्थानीय स्तरमा सामाजिक सद्भाव र सकारात्मक सोचको प्रवर्द्धन गर्ने लक्ष्य राखेको अध्यक्ष भुषालले बताए ।

कार्यक्रममा नमस्ते नेपालका अध्यक्ष मनिश भुषालले स्वागत मन्तव्य राख्दै संस्थाको आगामी योजना र सामाजिक क्रियाकलापबारे जानकारी गराए ।

You may also like