गोपाल चापागाईं सिद्धार्थ गौतम बुद्ध क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त

Shares

बुटवल। सिद्धार्थ गौतम बुद्ध क्याम्पस, बुटवलको क्याम्पस प्रमुखमा उप-प्राध्यापक गोपाल चापागाईं नियुक्त भएका छन्। उनी पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय सदस्य तथा क्याम्पस इकाई समितिका सभापति पनि हुन्।

क्याम्पस व्यवस्थापन समितिको शुक्रबार सम्पन्न बैठकले चापागाईंलाई क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो। समितिका अध्यक्ष निर्मल प्रसाद लाक्यौलसहित पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा उक्त निर्णय पारित गरिएको थियो।

विगत २०६६ सालदेखि सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा संलग्न चापागाईं शैक्षिक तथा व्यवस्थापकीय नेतृत्वमा सक्रिय रहँदै आएका छन्। पश्चिम नेपालकै एक प्रतिष्ठित शिक्षण संस्था मानिने यो क्याम्पस विश्वविद्यालय अनुदान आयोग (UGC) बाट गुणस्तर प्रत्यायन (QAA) प्राप्त क्याम्पस हो।

You may also like

This will close in 0 seconds