बेपत्ता भनिएकी गर्भवती युवतीको शव गाडिएको अवस्थामा भेटियो

Shares

इलाम । बेपत्ता भनिएकी इलाम फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीय विमला कट्टेलको शव गाडिएको अवस्थामा भेटिएको छ । गर्भवती समेत रहेकी विमला हराएको १५ दिनपछि गाडिएको अवस्थामा भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार शव गाडिएको अवस्थामा आज फेला परेको छ । फाकफोकथुम गाउँपालिका–२ धार्ने खोप दाहाल गोलाई भन्ने स्थानमा महिलाको शव फेला परेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार शव उत्खनन गर्ने कार्य भइरहेको छ । शव उत्खनन गर्ने र कानुनी प्रक्रिया पुरा गरेर थप अनुसन्धान गर्ने प्रहरीको भनाई छ । इलामको देउमाई नगरपालिका जितपुर माइत भएकी विमला गएको चैत्र १ गतेदेखि बेपत्ता रहेको जनाइएको छ । महिला हराएपछि विमलाका ससुरा कृष्णलाल गिरीले प्रहरीमा बुहारी हराएको उजुरी दिएका थिए । विमलाका श्रीमान उमेश गिरीले मारेर गाडेको बयान दिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

You may also like