बुटवलमा मगर राष्ट्रिय मुक्ति मोर्चाको छैठौं सम्मेलन, प्रचण्डले गर्ने उद्घाटन

Shares

बुटवल। मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालले छैठौं राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारिएको जनाएको छ। मोर्चाले सोमबार बुटवलमा पत्रकार भेटघाट गर्दै यही फागुन २८ गते हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।

मोर्चाका केन्द्रीय अध्यक्ष गणेश सलामी मगरका अनुसार सम्मेलनको उद्घाटन **नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले गर्नेछन्। बुटवलस्थित ट्राफिकचोकमा आयोजना हुने सभामा करिब १५ हजार जनसहभागिता रहने अनुमान गरिएको छ। देशभरबाट झण्डै १ हजार प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन्।

सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख ओनसरी घर्ती मगर, तथा नेताहरु सुरेश आले मगरलगायतले सम्बोधन गर्ने मोर्चाका प्रवक्ता जीवनप्रवेश रोका मगरले जानकारी दिएका छन्।

यसैबीच, सम्मेलन सफल बनाउन नेकपा (माओवादी केन्द्र) बुटवल नगर कमिटीले सम्पूर्ण वडा कमिटीलाई निर्देशन जारी गरेको छ। नगर कमिटीका अध्यक्ष महेन्द्र भूषालका अनुसार कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न नगर भित्रका सम्पूर्ण पार्टी कार्यकर्तालाई तयारीमा जुटाइएको छ।

You may also like