काठमाडौं । पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा अवरुद्ध सडक खुलेको छ । दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गको ८४ मोड भन्ने स्थानमा शनिबार बिहान ६ः४५ बजे काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ४१३८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ८५७५ नम्बरक ट्रक ठोक्किएपछि सडक अवद्ध बनेको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी डिएसपी मधु नेपालका अनुसार बस र ट्रकमा सवार सबै सकुशल छन् । बसमा सामान्य क्षति पुगेको छ । दुर्घटनापछि प्रहरीले ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ भने बस गन्तव्यतर्फ गइसकेको छ । दुर्घटना हुँदा राजमार्ग अवरूद्ध भएको थियो ।
केही समय अवरूद्ध भएको राजमार्ग अहिले दुइतर्फी नै सञ्चालनमा रहेको उनले जानकारी दिएका छन् । ‘केही पर एउटा ट्रक पनि बिग्रिएर बसेको थियो । बाटो साँघुरो भएकाले त्यसले पनि सडक एकतर्फी गर्नुपर्ने अवस्था आयो । अहिले दुइतर्फी नै सञ्चालनमा छ,’ डिएसपी नेपालले भने ।