दाउन्नेमा ट्रक र बस ठोक्किएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । नारायणगढ–बुटवल सडक खण्डको दाउन्नेमा ट्रक र बस ठोक्किएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ । गए राति ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग बिहानैदेखि दुईतर्फी अवरुद्ध भएको हो । अहिले सवारी साधनको लाइन पूर्वतर्फ दुम्कीबासम्म छ ।

अहिले ठोक्किएका दुवै गाडी हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । यो क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । सडक भत्किएर खाल्डाखुल्डी भएकाले लामो समयदेखि यात्रुहरुले सास्ती भोग्दै आएका छन् । चालकहरुले लेन मिचेर सवारी चलाउनाले पनि यस क्षेत्रमा दुर्घटना हुने गरेको छ ।

 
 
  
 

You may also like

skip


This will close in 5 seconds