129
पोर्चुगलको राजधानी लिस्बनमा जनयुद्ध दिवसको अवसरमा जनप्रगतिशील मञ्च पोर्चुगलले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। फेब्रुअरी १६ मा लिस्बनस्थित रेस्टुरेन्ट एभरेस्ट नेपालमा हुने कार्यक्रममा शुभकामना आदान–प्रदानसहित जनयुद्धको सन्दर्भमा गहन विचार–विश्लेषण गरिने छ।
कार्यक्रममा पोर्चुगलमा रहेका विभिन्न संघसंस्थाहरूको उपस्थिति रहनुपर्ने आयोजकले आग्रह गरेको छ।
नेपालमा १९९६ फेब्रुअरी १३ (२०५२ फागुन १) मा सुरु भएको सशस्त्र संघर्षले राजनीतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। एक दशकसम्म चलेको संघर्षका क्रममा हजारौं वीर शहिदले बलिदान दिएका थिए, जसले समाज परिवर्तनको दिशामा ठोस प्रभाव पारेको विश्लेषण गरिन्छ।