नगर प्रमुख खाँद्धारा स्थपना दिवस सफल पार्नेलाई धन्यवाद

by समतल अनलाइन

भैरहवा।सिद्धार्थनगर नगरपालिकाले आफ्नो ५७ औं स्थापना दिवस सभ्य र भव्य रुपमा सफल पार्न सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गरेको छ ।
नगर प्रमुख ईस्तियाक अहमद खाँले बुधवार एक बिज्ञप्ती जारी गर्दै स्थापना दिवस सफल पार्न सहयोग गर्ने, आम नगरबासी, प्रमुख अतिथी, अतिथी तथा विशाल प्रभात फेरिमा सहभागी हुने विभिन्न संघसस्था, शिक्षक शिक्षिका, कर्मचारी, जनप्रतिनिधीहरु, राजनितक दलहरु, बुद्धिजिवी, सुरक्षा निकाय, सचांर जगत प्रती आभार एवं धन्यवाद ज्ञापन गरेका हुन ।

‘नगरको बिकास र सुन्दरिकरणमा हातेमालो गर्न चाहानुहुने यहाँहरु जस्तै सकारात्मक सोचका धनीहरुबाटनै यस्ता कार्यक्रमहरु सफल हुने गर्दछन्, मेयर खाँद्धारा जारी बिज्ञप्तीमा भनिएको छ,─ स्थापना दिवसको अबसरमा मगंलवार यहाँहरुको उत्साहपुर्ण सहभागिताले आगामी दिनमा काम गर्न हामिलाइ हौसला मिलेको छ ।’

उनले आगामि दिनहरुमा पनि आम नगरवासिबाटयसरी नै सहभागिता र रचनात्मक सुझावको अपेक्षा गरेको उल्लेख गरेका छन् । नगरपालिकाले माघ २२ गते स्थापना दिवस मनाएको थियो । वि.स २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो । तत्कालीन श्री ५ को सरकारद्वारा दश हजार सात जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायत नामले स्थापना गरेको विषय उक्त समयमा प्रकाशित राजपत्रमा उल्लेख छ । उक्त राजपत्रको नगरपालिकाको कार्यालयले खोज गरेको थियो । स्थापना दिनको प्रमाण स्वरुप अदालतमा प्रकाशित राजपत्र फेला परेपछि सोही राजपत्रको आधारमा कार्यालयले माघ २२ गते स्थापना दिवस मनाउन लागेको सिद्धार्थनगर नगरपलिकाका नगर प्रमुख खाँले जानकारी दिए । सिद्धार्थनगरले गत बर्षदेखी स्थपना दिवस मनाउन लागेको हो ।

 
 
  
 

You may also like