बुटवल।पहिलो पाइला नेपाल बुद्धभूमि शाखाले “सधैँ परिवर्तनका लागि” भन्ने मूल नाराका साथ सामाजिक कार्यका लागि उद्यमशीलता कार्यक्रम अन्तर्गत गत महिना पुस १३ गते एक महिनाको निःशुल्क कम्प्युटर कन्सेप्ट सर्टिफिकेट (CCC) तालिमको आयोजना गर्यो। उक्त तालिम पहिलो पाइला नेपाल बुद्धभूमि शाखाको पहलमा तथा डिजिटल एजुकेसन हब, बुद्धभूमि-२, गोरुसिङ्गेको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो। तालिमको उद्घाटन पहिलो पाइला नेपालका केन्द्रीय महासचिव पारस मरासिनीले गर्नुभएको थियो।
३५ दिनसम्म सञ्चालन भएको उक्त तालिमको समापन समारोह बुद्धभूमि शाखाका अध्यक्ष श्री राम वृक्ष चौधरीको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथि बुद्धभूमि नगरपालिकाका कार्यपालिका सदस्य श्रीमती शिवाली थारु रहनुभएको थियो भने विशेष अतिथिका रूपमा डिजिटल एजुकेसन हबका प्रो. निरज बन्जाडे तथा पहिलो पाइला नेपालका पूर्व केन्द्रीय सदस्य सद्दाम पखिया उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन बुद्धभूमि शाखाका सदस्य श्री गंगा बन्जाडेले गर्नुभएको थियो भने सचिव श्री दिलिप थारुले स्वागत मन्तव्य दिनुभएको थियो। उपाध्यक्ष दामोदर पौडेल र सदस्य हरि नारायण थारुले कार्यक्रमको महत्त्वबारे प्रकाश पार्नुभयो।
तालिममा २४ जना सहभागी भएका थिए, जसमा अनिता थारु, दिपा भर, कमला भर र सुदर्शन भर उत्कृष्ट विद्यार्थीका रूपमा छनोट भई पुरस्कृत भएका थिए। प्रमुख अतिथि शिवाली थारुले पहिलो पाइला नेपाल संस्थाले समाजमा पु¥याएको उल्लेखनीय योगदानको प्रशंसा गर्दै समस्यामा रहेका व्यक्तिहरूको पक्षमा संस्थाका अभियानहरू प्रभावकारी रहेको बताउनुभयो। साथै, नगरपालिकाको तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बुद्धभूमि शाखाले तालिममा सहभागी इच्छुक सदस्यहरूलाई निःशुल्क सदस्यता प्रदान गर्ने घोषणा गरेपछि ११ जनाले सदस्यता लिन चाहना व्यक्त गरे। संस्थाका अध्यक्ष चौधरीले केन्द्रसँग समन्वय गरी उनीहरूलाई सदस्यता प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।