छाडा चौपाय ब्यबस्थापनमा सिद्धार्थनगरको सक्रियता

by समतल अनलाइन

भैरहवा।रुपन्देहीको सिद्धार्थनगर नगरपलिका भैरहवाले छाडा चौपाय व्यवस्थापनमा सक्रियता देखाएको छ । अघिल्लो बर्ष पश्चिम नवलपरासीको एक गौशालाको समन्वयमा छाडा चौपाय व्यस्थापन गरेको नगरपालिकाले यो पकट कपिलबस्तुको बाणगंगा नगरपलिकासगंको समन्वयमा व्यबस्थापन सुरु गरेको हो ।

यो बर्ष शनिवारदेखी छाडा चौपाय व्यवस्थापन अभियान सुरु गरिएको र पहिलो दिन ५० भन्दा बढी छाडा चौपाय बजार क्षेत्रबाट नियन्त्रणमा लिईएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशाकिय अधीकृत जनक थापाले जानकारी दिए । उनका अनुसार ति गाईगोरु कसैले आफ्रनो भनी दावी गर्न आएमा न्युनतम सात हजार जरिवाना गराएर दिईने र अन्यथा व्यस्थापनकोलागी कपिलबस्तु लैजाने तयारी भैरहेको छ ।
नगर क्षेत्रभित्र थारा, बेत बसेका वा दूध दिन छोडेका र बिरामी गाईगोरु बेवारिसे अवस्थामा छोडिदिने चलन बढेको र यसले गर्दा सडकमा छाडा गाईवस्तु बढ्न थाले पछि व्यस्थापन सुरु गरीएको सिद्धार्थनगर नगरपलिकाका प्रमुख ईस्यिाक अहमद खाँले जानकारी दिए ।

सहर बजारका पसले, सडकमा गुड्ने गाडीदेखि बस्तीका किसानसम्मलाई छाडा चौपायाले हैरान बनाउन थालिएपछि व्यस्थापन सुरु गरिएको उनले बताए । छाडा चौपाय व्यस्थापनकोलागी नगरपालिकाले वडा नं ११ मा आफ्ै गौशाला निमार्ण गर्न लागेको र निमार्ण सम्पन्न नहुञ्जेल गौशाला र चरण क्षेत्र भएका पालिकाहरुसगं समन्वय गरेर व्यस्थापन गरिने नगर प्रमुख खाँले जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं छाडाचौपाय व्यवस्थापन संयोजक भोला यादवले गाईगोरु धनिहरुले हेलचेक्राई गरी जथाभावि छाड्डा पनि बजारमा छाडा चौपाय ब्यबस्थापन चुनौती बनेको उल्लेख गरे । उनले छाडाचौपायको सुरक्षित साथ व्यस्थापन सुरु गरिएको र यसलाई नियमित गरिने बताए ।

 
 
  
 

You may also like