सियारीका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर स्वास्थ्य परिक्षण

by समतल अनलाइन

रुपन्देहीको सियारी गाउँपालिकाले जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्न शुरु गरेको छ ।
जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुको उपचारको सहजताका लागि घरमै पुगेर स्वास्थ्य परिक्षण गर्नेको थालनी गरिएको सियारीले जनाएको छ । घरमै पुगेर स्वास्थ्य परिक्षण गर्दै आएको सियारीले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई आवश्यक औषधी समेत प्रदान गर्दै आएको छ ।
सियारी गाउँपालिकाले ७ वटा वडामै रहेका जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्दै आएको हो । सियारीले गत बर्ष पनि पालिकाका सातै बटा वडामा पुगेर स्वास्थ्य परिक्षण गरेको थियो ।
पालिकाले स्वास्थ्य स्वयमसेवक खटाएर जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिको घरमा पुगेर स्वास्थ्य परिक्षण गर्नुका साथै आबश्यक औषधी समेत प्रदान गर्दै आएको छ ।

स्वास्थ्य परिक्षण तथा औषधी उपचारका लागि पालिकाले एक जना नर्स र एक पारामेडिक्स गरी दुई जना स्वास्थ्य स्वमसेवक खटाएको छ ।
सियारीमा दुई हजारको हाराहारीमा जेष्ठ नागरिक तथा असक्त असहाय रहेका छन् । पालिकाले ७० बर्ष माथिका जेष्ठ नागरिकहरुको लागि मुटु, मधुमेह, दम, कोलेस्ट्राल लगाएका दिर्घरोगका जाँच गर्दै औषधी समेत प्रदान गर्दै आएको स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तिले जानकारी दिए । उनले सियारी ३ लक्ष्मिपुरबाट सेवाको सुरुवात गरेको जानकारी दिदै बिस्तारै सबै वडामा सेवा पु¥याउने बताए ।
पालिकाले जेष्ठ नागरिकको रगत, पिसाव, खकार, मलेरिया जाँच पनि गर्ने गरेको छ । गाउँपालिकाले गरेको कार्यबाट स्थानिय जेष्ठ नागरिक खुसि देखिएका छन् । उनीहरुले घरमै उपचार पाउदा आफुहरुलाई निकै सहज भएको भन्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिहरुका लागि उपचारमा सहज होस् भन्ने उदेश्यले घरदैलोमा पुगेर स्वास्थ्य परिक्षण तथा औषधी प्रदान गर्न लागिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले जेष्ठ नागरिकहरुका लागि शुरु गरिएको यो कार्यक्रमलाई निरन्तरता दिने बताए ।

जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुका लागि पालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुलाई घरमै पुगेर औषधी उपचार गर्ने कार्यक्रम देखि लिएर सुत्केरी महिलासंग उपाध्यक्ष लगाएतका कार्यक्रम गर्दै आएको छ ।

 
 
  
 

You may also like