बुटवल । नेपाल मानव धर्म सेवा समिति लुम्बिनी क्षेत्र आश्रम युवा संगठनले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ स्थित कालिका मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवसको अवसरमा मानव धर्म सेवा समिती बुटवलले पर्यावरण तथा वातावरण संरक्षणका लागि भन्दै सरसफाई कार्यक्रम गरेको हो ।
कार्यक्रमको बुटवल–६ सुन्दरनगरमा रहेको आश्रम प्राङ्गणमा लुम्बिनी क्षेत्र आश्रम प्रभारी महात्मा चमेली बाईजी, महात्मा गोर्वधन बाईजी तथा महात्मा ज्ञानपुष्पानन्द महात्मा ज्यूबाट बृक्षारोपण गरि कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा नेपाल मानव धर्म सेवा आश्रम बुटवलका युवा संगठन संयोजक यदुमणी पंगेनी(दिपक) ले बिगतका बर्षमा जस्तै हरेक बर्ष पर्यावरण र वातावरण संरक्षणका लागि कार्यक्रमको आयोजना गरिने बताए । नेपाल मानव धर्म सेवा समितिले ले आजको दिन नेपाल भरिनै विभिन्न कार्यक्रम गरेर वातावरण दिवस सम्पन्न गरेको आश्रम का केन्द्रिय युवा संगठनका सह–संयोजक शिवराज गौतम ले बताए ।