रूपन्देही व्यापार संघमा कस्मेटिक तथा श्रृंगारको अध्यक्षमा ज्ञवाली

by समतल अनलाइन
Shares

बुटवल। रुपन्देही ब्यापार संघ कस्मेटिक तथा शृंगार वस्तुगत उप-समितिको अध्यक्षमा सरोज ज्ञवाली चयन भएका छन्। उपसमितिको सह–संयोजकमा जिवन काफ्ले, सचिवमा प्रकाश भण्डारी, कोषाध्यक्षमा बिनय कसौधन, सह–सचिवमा कल्पना शर्मा, सह–कोषाध्यक्षमा विमल आचार्य रहेका छन् भने सदस्यहरुमा सुमन न्यौपाने, विकास गुप्ता, टिका सुनार, शंकर पौडेल, रविन ज्ञवाली, परमानन्द शर्मा र सल्लाहकारहरु मनिमदिन मिया, मित्रलाल कंडेल, विजय सुवेदी, न्यामत दिन मिया रहेका छन् ।

अधिकारीेले संघको गरिमा र उद्देश्य पुरा गर्न उपसमितिको सक्रियता र व्यवसायीहरुको खबरदारी जरुरी हुने उल्लेख गर्दै व्यापार संघ सधै व्यवसायीहरुको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

निर्वाचित अध्यक्ष ज्ञवालीको जन्म रुरुक्षेत्र गाउँपालिका-५ बम्घा जन्मेका हुन। उनि रुपन्देही व्यापार संघ कस्मेटिक तथा शृंगार वस्तुगत उप-समितिको सदस्य,सचिव,उपाध्यक्ष पछि अध्यक्षमा चयन भएका हुन्। उनले व्यवसायीहरुको हकहितको काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

You may also like

This will close in 0 seconds