काठमाडौं । नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ । आइसीसी यु–१९ विश्वकपको सुपर सिक्सअन्तर्गत दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा पूरा गरेको थियो ।
बंगलादेशका लागि अरिफुल इस्लामले अविजित ५९ रन बनाए। त्यस्ट्टै जिसन आलमले ५५, असिकुर रहमानले १६, एमडी रिजवानले १५ र अहर अमिनले १२ रन बनाए । मोहम्मद साहिब भने शून्य रनमै आउट भएका थिए। बंगलादेशको सबै विकेट सुवास भण्डारीले लिएका थिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले एक बल अगावै सबै विकेट गुमाएर १६९ रन बनाएको थियो । नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाए । त्यस्तै कप्तान देव खनालले ३५ र अर्जुन कुमालले १४ रन बनाउँदा विपिन रावलले २, आकाश त्रिपाठीले ३, गुल्शन झाले ३, दीपक बोहोराले ३, दुर्गेश गुप्ता ९ र आकाश चन्द शून्य रनमै पेभेलियन फर्किएका थिए । सुवास भण्डारी भने १८ रनमा अविजित रहे। नेपालले शुक्रबार भारतसँग खेल्नेछ ।