रुपन्देहीमा ‘तेस्रो युवा उद्यमी सम्मेलन’ हुँदै

by समतल अनलाइन

युवा उद्यमी मञ्च रुपन्देहीले रुपन्देहीमा तेस्रो युवा उद्यमी सम्मेलन–२०२४ को तयारी गरेको छ । मञ्चले यहि माघ १३ गते तिलोत्तमा स्थित टाईगर प्यालेसमा युवा उद्यमी सम्मेलन गर्न लागेको मञ्चका अध्यक्ष सन्देश श्रेठले जानकारी गराउनु भयो ।

मञ्चले सन् २०२१ मा पहिलो पटक युवा उद्यमी सम्मेलन गरेको थियो भने २०२२ मा दोस्रो पटक गरेको थियो । यो तस्रो युवा उद्यमी सम्मेलन हो । युवा उद्यमीलाई स्वदेशमै लगानीको वतावरण सिर्जना गराई उद्यमीशिलताको विकास तथा निर्यात पर्वद्धन गर्नको लागि कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भयो ।

एक दिन सञ्चालन गरिने सम्मेलनमा देशभरका २५० बढी उद्योगपति, युवा उद्यमी, बैंक तथा वित्तिय संस्थाका प्रतिनीधि, ईन्स्योरेन्स कम्पनीका प्रतिनीधिहरु, नीति निर्माता, जनप्रतिनीधि, व्यवसायी लगायतको सहभागिता रहने सम्मेलनका संयोजक अनिश कसौधनले बताउनु भयो ।
सम्मेलनमा ज्योती ग्रुपका डाईरेक्ट सौरभ ज्योती प्रमुख अतिथीको रुपमा आउनुहुनेछ । त्यस्तै निम्बुज ग्रुपका आनन्द बगारिया प्रमुख वक्ताको रुपमा आउनुहुनेछ । सम्मेलनमा समुहगत छलफल गरिने छ । जसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, कान्तिपुर टेलिभिजनका रुपेश श्रेष्ठ, युवा उद्यमी मञ्च रुपन्देहीका संस्थापक अध्यक्ष आनन्द वझा र एनएमवि बैंकका साना तथा मझौला उद्यमी कर्जाशाखा प्रमुख उत्सव घिमिरेले समुहगत छलफलमा मध्येस्थकर्ताको भूमिका निर्वाह गर्नुहुनेछ ।

त्यसैगरी पूर्व मिस नेपाल तथा माकुसे कम्पनीका प्रमुख कार्यकारी अधिृकत अनुस्का श्रेष्ठ, ओहो केसका सहसंस्थापक सन्तोष पाण्डे, दराज नेपालका बजार प्रवन्धक प्रशान्त बुर्लाकोटी, हाईलाईफका सहसंथापक प्रशान्त घिमिरे, इन्भी पावर इनर्जीका प्रवन्ध निर्देशक अभिरथ अग्रवालले प्रेरणादायी प्रस्तुती राख्नुहुनेछ । त्यसमा रोनिस्मा श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुहुने छ । सम्मेलनमा किङ्स कलेज नेपालका (काठमाण्डौं) डिजिटल ईन्नोभेसन एण्ड चेन्जका प्रमुख आलोक खत्रीले आर्टिफिसियल ईन्टेलिजेन्स ईन विजनेश विषयमा मन्तव्य राख्नुहुनेछ ।
सम्मेलन सम्पन्न गर्नको लागि कसौधन र प्रविना घिमिरे संयोजक रहेको १३ सदस्यीय समिति गठन गरिएको छ भने विभिन्न विषयगत उपसमितिहरु पनि गठन गरिएको र ती समितिले तयारीका काम गरिरहेको सचिव प्रथम उपाध्यक्ष रिसव वझाले जानकारी गराउनु भयो ।

 
 
  
 

You may also like