एभरेष्टमा खेलकुद दिवस सुरु

by समतल अनलाइन

बुटवल। बुटवल–८, सुख्खानगरस्थित एभरेष्ट इङलिस बोर्डिङ माविमा खेलकुद दिवस अन्तर्गत पहिलो दिनका कार्यक्रमहरु सम्पन्न भएका छन् । विद्यार्थीहरुको शारीरिक, मानसिक तथा बौद्विक विकासका साथै उनीहरुमा आपसी सहकार्य, साथीत्व र एकताको विकास गर्ने उद्देश्यले हरेक वर्षजस्तै यस वर्ष पनि खेलकुद कार्यक्रम आयोजना गरिएको हो । माघ ३ र ४ गते सञ्चालन हुने यस कार्यक्रममा कक्षा नर्सरीदेखि १२ सम्मका करिब एक हजार एकसय विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

विद्यालयको खेलमैदान, सिद्वेश्वरी खेलमैदान र रामनगर खेलमैदान गरी तीन स्थानहरुमा सञ्चालित खेलमा पहिलो दिन बुधबार कक्षा प्ले गु्रपमा स्वीट रेश, कक्षा नर्सरी र एलकेजी मा स्वीट रेश तथा हट पोटाटो, कक्षा युकेजीमा बेलुन ब्लास्ट र बुक ब्यालेन्स, कक्षा १ देखि ३ अन्तर्गत चम्चा दौड र ५० मि. दौड, कक्षा ४ र ५ अन्तर्गत स्किपिङ दौड (छात्रा), टायर दौड (छात्र) तथा १०० मि. दौड (छात्र÷छात्रा), कक्षा ६ देखि १० अन्तर्गत म्युजिकल चियर (छात्रा), टायर रेस (कक्षा ६ र ७ छात्र), सटपुट (६–१२ छात्र तथा ६–१० छात्र), १०० मि. दौड (६–१२ छात्र), ४०० मि. दौड (११, १२ छात्र तथा ६, ७ छात्रा) र ८०० मि. दौड (कक्षा ८–१२ छात्रा) प्रतियोगिताहरु भएका छन् ।

खेलदिवसको पहिलो दिन सञ्चालित विभिन्न खेलमा उत्कृष्ठ स्थान प्राप्त गरी विजयी विद्यार्थीहरुलाई सिद्वेश्वर लालकुमारी माविका प्राचार्य दिननाथ गिरी तथा कालिका क्याम्पस प्रमुख घनश्याम पाठकले पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेल अतिरिक्त क्रियाकलापका माध्यमले पनि विद्यार्थीको व्यक्तित्व विकास हुने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका सहप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख भीमसेन गौतमले विजयी सबै प्रतियोगीलाई बधाई एवं सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यसैगरी विद्यालयका उप प्राचार्यद्वय उमेश रेग्मी र माला पाण्डेले यस्ता कार्यक्रमले विद्यार्थीमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन हुने कार्यक्रमको निरन्तरताको कामना गर्नुभयो ।

 
 
  
 

You may also like