बुटवल । बुटवल–८ सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले सदस्यको लाभ र उपलब्धिमुलक कार्यलाई थप विस्तार गर्दै आगामी वर्षलाई ‘शेयर सदस्य हितकर’ योजना अगाडि बढाउने भएको छ । संस्थाको २५ औं बार्षिक साधारण सभा तथा १०औँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रममा नव निर्वाचित समितिले शेयर सदस्य हितकर योजना ल्याउने बताएको हो ।
अघिल्लो धुर्वकुमार धितालको अध्यक्षतामा बनेको समितिबाट पदभार ग्रहण गर्दै नव निर्वाचित कृष्णप्रसाद अर्याल नेतृत्वको समितिले सदस्य हितकर र उपात्पदनमुलक कार्यक्रमलाई बिशेष योजनाका साथमा अगाडि बढाउने बताएको हो । पदस्थापनपछि अध्यक्ष अर्यालले सहकारीमा नयाँ ऋणीको पहिचान गरेर उत्पादन क्षेत्रमा लगानी गर्ने वातावरणको सृजना गर्ने बताउनुभयो । एकवर्षमा उद्देश्यमुलक काम गर्ने, उत्पादन र बजारक्षेत्रमा काम गर्ने सदस्यको हितका लागि ब्याजदरमा पुनर्विचार गर्ने, सदस्यता विस्तार उनीहरुकै चाहनाअनुसारका कार्यक्रम अगाडि सार्ने लगायतका योजना भएको उहाँले बताउनुभयो ।
निर्वाचन समितिका संयोजक डिलबहादुर थापाको अध्यक्षतामा भएको पदस्थापन कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष डोलप्रसाद अर्याल, इन्द्रेणीका संरक्षक भुपालकुमार श्रेष्ठ, पुर्व अध्यक्ष शिवलाल राना, मित्रबहादुर शाक्य, निर्वाचन समिति सदस्य गणेश अधिकारीलगायतले नवनिर्वाचि पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो । निर्वाचन समिति सदस्य अधिवक्ता जिवनारायण अधिकारीको संचालनमा भएको पदस्थापन कार्यक्रममा सहकारीको सिद्धान्त अनुसार निर्वाचित पदाधिकारी तथा सदस्यहरुले शपथ ग्रहण गर्नुभयो ।
१० औं अधिवेशनले अर्यालको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको थियो । जसको उपाध्यक्षमा माया गौतम, सचिवमा नरबहादुर रजाली, कोषाध्यक्षमा कृष्णप्रसाद अर्याल (ख) लगायतलाई सर्वसम्मत निर्वाचित गरेको ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिनुभयो ।
((