नक्कली कागजपत्र बनाएर ‘भिजिट भिसा’ मा विदेश पठाउने निगमका दुई कर्मचारी निलम्बित

by समतल अनलाइन

काठमाडौं । नक्कली कागजपत्र बनाएर ‘भिजिट भिसा’ मा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा नेपाल वायुसेवा निगमले दुई कर्मचारीलाई निलम्बन गरेको छ ।

निलम्बन पर्नेमा यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव रहेका छन् । पोखरेल र यादव नक्कली कागजातका आधारमा नक्कली कागजपत्र बनाएर ‘भिजिट भिसा’ मा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा मंसिर १९ गते पक्राउ परेका थिए ।

अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाइने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ परेकाहरूलाई ठगी र लिखतसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप भइ अनुसन्धान भइरहेको जनाइएको छ ।

पक्राउ परेकालाई हिरासतमा राखिएको जानकारी प्राप्त भएपछि निगमले मंसिर २७ गतेदेखि लागु हुनेगरी निलम्बन गरेको स्रोतले बाह्रखरीलाई जानकारी दिए । स्रोतका अनुसार दुवैजनालाई मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि निलम्बन गरिएको हो ।

 
 
  
 

You may also like