282
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि २ लाख रुपैया सहयोग गर्ने भएको छ । बर्दघाट नगरपालिकाले बिपत कोषबाट आर्थिक सहयोग गर्ने भएको हो।
आइतबार प्रधानमन्त्री दैवीक प्रकोप राहत कोषमा २ लाख जम्मा गरि सहयोग गरिने प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले जानकारी दिनुभयो । नगरको बिपद व्यवस्थापन कोषबाट सहयोग गर्ने खनाल बताउन भयो ।