प्रधानमन्त्री र गृहमन्त्रीलाई गगनको प्रश्न : अब काठमाडौंमा एक्लै हिंड्न नमिल्ने हो ?

by समतल अनलाइन

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब काठमाडौंमा एक्लै हिँड्न नमिल्ने हो भनेर सरकारलाई प्रश्न गरेका छन् ।

आज (बिहीबार) प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाबारे सरकारले जवाफ दिनुपर्ने बताएका हुन् । उनले दिनदहाडै काठमाडौंमै कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार हुनु सामान्य घटना नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

बुधबार दिउँसो कांग्रेस सहमहामन्त्री यादवमाथि रिपोटर्स क्लबबाट बाहिरिने क्रममा खुकुरी प्रहार भएको थियो । ‘सन्काहाले सन्काहमा हान्यो भनिँदैछ, घटना थामथुम पारिँदैछ । कांग्रेसका तर्फबाट सरकारको सचेत र ध्यानाकर्षण गराउन चाहन्छु । यो घटना किन र कसरी भयो, राम्रोसँग अनुसन्धान होस्,’ थापाले भने ।

संविधानसभा सदस्य सदस्य सार्वजनिक कार्यक्रमबाट सहभागी भएर फर्किदै गर्दा ऊ सुरक्षित छैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई यसले बोल्नु पर्छ कि पर्दैन भनेर उनले प्रश्न गरे । ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु एक्लै हिँड्न नमिल्ने हो ? कोही जलाउँछु भन्छ, कोही दिउँसै खुकुरी हान्छु भन्छ,’ उनले भने ।

 
 
  
 

You may also like