आर्थिक मारमा बुटवलका होटल ब्यवसायी, घरभाडा छुटको अपिल

बुटवल । आर्थिक समस्याको वर्तमान समयमा रुपन्देहीका होटल ब्यवसायीहरुले घरधनीलाई भाडा छुटको अपिल गरेका छन । आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले दुई वर्षदेखी कोभिड १९ संक्रमण र अहिले आर्थिक मन्दीका कारण समस्यामा परेको होटल ब्यवसायीहरुलाई घरबहाल छुट गर्न आग्रह गरेका हुन ।

संस्थागत पहलमा १४ जना घरधनिबाट २०–४० प्रतिशतसम्म छुट प्राप्त भएको बताए । जटिल अवस्थालाई मध्येनजर गरि घर बहाल छुट गर्ने, बैकका ब्याजदर कम गर्ने र मुख्य घरभाडा कानुन निर्माणमा जोड दिनुपर्ने उनले बताए । रुपन्देहीमा रहेका मध्ये ९० प्रतिशत भाडामा रहेका छन । हाल संघमा १ हजार २ सय ३ जना ब्यवसायीहरु संघमा आवद्ध छन। जहा ५ हजार जनाले रोजगार पाएका छन । बुटवलबाट अस्थाई राजधानी सर्नु, अन्तरास्ट्रिय सम्मेलन केन्द्र, अन्तरास्ट्रिय विमानस्थल संचालन नहुनुजस्ता ब्यापार ब्यवसायमा गिरावट आएको बताए ।
यसैबिच संघको पहिलो बैठकबाट पत्रकार स्वस्तिक श्रेष्ठलाई प्रेस सल्लाहकारमा मनोनित गरेको छ ।

कार्यक्रममा होटल ब्यवसायी घरबहाल ब्यवस्थापन समितिका संयोजक किरण प्रसाद भट्टराईले ब्यवसायीलाई दैवीप्रकोप लगायतका कठिनाईमा संस्थाबाट सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले रुपन्देहीमा १ हजार २ सय ४७ वटा पर्यटक होटल रहेको बताए । यसमध्ये १८ हजार ७ सय ५ रुमहरुमा २८ हजार ५७ बेडहरु छन । टाईगर, पवन प्यालेस र सिद्धार्थ भिल्लासा पाचतारे ३ वटा होटल छन । चारतारे बुद्घ माया, कसाई र ड्रिमल्याड रिसोर्ट गरि ३ वटा र तीन तारे १२–१५ वटा छन । अर्कोतर्फ ए लेभलका ३ सय होटलहरु छन । बाकि बजेट र डाउनटाउन लेभलका होटल छन । पर्यटन क्षेत्रमा कुल ३० खर्ब भन्दा बढि लगानी रहेको उनले दाबी गरे । ठुला होटलहरु बाहिरी पर्यटन लक्षित थिए भने राजधानी लक्षित गरे बनाईएका होटलहरु जहाँ सेमिनार, गोष्ठी शून्य हुदा पर्यटन ब्यवसाय ठप्प छ । संचालन खर्च समेत चलाउन नसक्ने अवस्था छ । वार्षिक २–३ अर्ब क्षति ब्यहोर्नुपर्ने अवस्था भएको हो । नाटासंग सहकार्यमा टुर प्याकेज चलाउने तयारीमा आफुहरु रहेको उनले बताए ।

कार्यक्रममा संघका महासचिव अर्जुन थापाले होटल ब्यवसायको भाडा न्युनिकरणबाट टिकाउने पहिलो चरणको अभियान भएको बताए । योसंगै ब्यवसाय प्रवद्घर्नका कार्यक्रमहरु चलाउने तयारीमा रहेको उनले बताए ।

कार्यक्रममा घरधनि रबिलाल पोखरेलले धेरै ब्यवसायीहरु पेशा छोड्न मनसायमा देखिएको बताए । खानाको गुणस्तर, बसाईको लम्ब्याउने जस्ता अभियान चलाउन जरुरी रहेको उनले बताए । भौतिक पुर्वाधार अधुरो, उपभोक्ताको क्रयशक्तिमा ह्यास आउनु जस्ता कारण पनि यसकाप्रत्यक्ष प्रभाव परेको उनले बताए ।

बुटवल उपमहानगरपालिका वडा नं ९ का वडा सदस्य भरत पुरीले ब्यवसायहरुबाट दबाब दिने र सरकारबाट नितिगत रुपमा आवश्यक पहल जरुरी रहने बताए ।

 
 
  
 

You may also like