88
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ४९ पैसा र बिक्री दर १४३ रूपैयाँ १४ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ०१ पैसा र बिक्री दर १६४ रूपैयाँ ७५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २१ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।