उच्च ब्याजदर र तरलता संकुचनलाई सम्बोधन गरिने

काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमा उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गर्ने बताएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उच्च ब्याजदर र तरलता सङ्कुचनलाई बजेटमार्फत सम्बोधन गर्ने उल्लेख गरेका हुन् ।

उनले अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलता सङ्कुचन, उच्च ब्याजदर, मूल्यवृद्धि, न्यून पुँजीगत खर्च, घट्दो राजस्व परिचालन र बाह्य क्षेत्रको चापलाई सम्बोधन गर्ने बताए । राष्ट्रपति पौडेलले विदेशी लगानीलाई प्राथमिकता प्राप्त क्षेत्र अर्थात् ठूला योजनामा केन्द्रित गर्ने पनि बताए ।

 
 
  
 

You may also like