तिलोत्तमाका कृषकलाई अनुदानमा औजार बितरण

तिलोत्तमा।तिलोत्तमा नगरपालिका बाट ५० प्रतिशत अनुदानमा पशुपालक फर्म तथा कृषकहरुलाई साना कृषी औजार (पशुपन्छी) बितरण गरिएको छ। नगरपालिका भित्रका २९ जना कृषकलाई ईलेक्ट्रिक च्याप कटर( घाँस तथा पराल र छवाली काट्ने), प्रेसर क्लिनर मेसिन ( गोठ सफा गर्ने मेसिन ), काउ म्याट ( गोठमा ओछ्याउने म्याट ) लगायतका सामाग्रीहरु बितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो । साना कृषकलाई कृषि तथा पशुपन्छीपालनमा उत्साहित बनाउन अनुदानमा प्रयोग हुने औजार बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो ।

नगरपालिका भित्रका २९ जना कृषकलाई ५० प्रतिशत अनुदानमा करिव १० लाख बराबरको साना कृषी औजार (पशुपन्छी)ईलेक्ट्रिक च्याप कटर( घाँस तथा पराल र छवाली काट्ने), प्रेसर क्लिनर मेसिन ( गोठ सफा गर्ने मेसिन ), काउ म्याट ( गोठमा ओछ्याउने म्याट ) लगायतका सामाग्रीहरु बितरण गरिएको पशु शाखा प्रमुक राजु कुँवर मगरले बताउनुभयो ।

सो अवसरमा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले कृषकहरुको समय र मेहनतको बचत गर्न तथा पशुपालक कृषकहरुलाई सो काम मा अग्रसर बनौन यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । पछिल्लो समय युवाहरुको कृषिमा सहभागिता बढेको भन्दै देशमै स्वरोजगार हुन यस्ता अनुदानका कार्यक्रमले सहयोग गर्ने समेत बताउनुभयो। सो कार्यक्रममा कृषि शाखा प्रमुख दोमलाल भुसाल , राम प्रसाद खनाल, पशु शाखाका डाक्टर उर्जा देवकोटा, प्राबिधिकहरु महेश गौतम , गोविन्द खनाल, त्रिविक्रम न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

 
 
  
 

You may also like