श्रीमतीलाई भावुक पत्र !

प्रीय श्रीमती !
अाराम छु र अाराम चाहन्छु ।
बिशेश कुरा तिमीलाई पत्र लेख्न धेरै पटक कोसिस गरे तर सकिन ,यस् पटक भने जसरी पनि लेख्छु भनेर लागिरहेको छु ।

प्रीय श्रीमती

के बिषय पत्र लेख्न लाग्यो भन्ने तिमीलाई लागे होला , अाज हाम्रो समाजमा देखिएका रुढीबादी चिन्तनहरु , सामाजिक विकृतिहरु लगाएतका बिषय बस्तु र यसले समग्र महिलाहरुमा पारिरहेको असरको विरुद्ध तिमीलाई पत्र लेख्न अनुमति चाहन्छु ।
प्यारी श्रीमती मान्छेको जीवनको कुनै ठेगान हुदैन , कतिखेर जीवन समाप्त हुन्छ त्यो कसैलाई पनि थाहा हुदैन यो संसारको चक्र पनि हो ।
मैले यहाँ मुख्यत उठाउन खोजेको बिषय बस्तु यसैसँग सम्बन्धि छ ।

प्रीय श्रीमती
म केही समय अगाडि पुवा साथीको निधन भए पछि मलाम गएको थिए , त्यहाँ एउटा कारुणिक दृश्य मेरो नजरमा पर्यो , केही समय पछि उक्त साथीको श्रीमतीलाई ल्याइयो ,त्यस पछि उनको सिउँदोमा लगाएको सिंदुर पखालियो ,चुरा फुटालियो र श्रीमानको छातीमा राखियो ।नाक कानमा लगाएका गहना निकालीयो र कोराका सेता बस्त्र पहिरहन दिइयो ।
श्रीमानको एक मात्र मायाको चिनो सिदुर पखालीएको क्षण , चुरा फुटालिएको क्षण मेरो लागि निकै पिडादायक थियो । कारुणिक दृश्य टुलुटुलु एकोहोरो हेरिरहन म बिवस थिए । किनभने त्यहा भन्ने मेरो कुनै शब्द थिएन ,केही समय पछि शब जलाउन शुरु गरियो । म साथीको श्रीमतीलाई हिक्मत जुटाएर सान्त्वना दिएर फर्किए ।

प्रीय श्रीमती
म बाटोमा फर्किदा एउटा संकल्प र अठोट गरे त्यो अाज पत्र मार्फत तिमीलाई लेख्दै छु ।
मलाई थाहा छ कमरेड मदन भण्डारीको हत्या पनि एउटा गित रचना गरिएको थियो हालका निवर्तमान राष्ट्रपति बिधा भण्डारीलाई अगाडि बढन साथ र सहयोगको संकल्प गर्दै

सेतो साडी पहिरेनी प्यारी अघि बढे लालझण्डा बोकेर । त्यो गित त्यो बेला पनि निकै भाइरल भएको थियोे , विभिन्न कार्यक्रमहरुमा पछिसम्म पनि गाउने गरिन्थ्यो । तर त्यो गितमा पनि श्रीमानको निधन पछि महिलाले सिंदुर लगाउन नहुने ,चुरा फुटाउनै पर्ने तथा सेतो कपडा लगाउन पर्ने स्पष्ट संदेश थियो । म बाटोमा हिड्दा त्यो गित पनि संझिए अनि श्रीमानको निधन पछि छुट्टै पोसाक लगाउन पर्ने कथित सामाजिक परम्परा प्रति धावा बोल्ने निर्णय गरे ।
अनि हिड्दै गर्दा यो महिला माथिको सामाजिक विभेद हो र महिलाहरुको अपमान हो यसलाई कुनै पनि मुल्यमा हटाउन अभियान चलाउने अठोट गरे ।

प्रिय श्रीमती , समाजका हजारौं बर्ष देखि जरा गाडेर बसेका यस्ता भेदभावपूर्ण संस्कारहरु हटाउन सजिलो थिएन ,हिजो महिलाहरुलाई श्रीमानसँग सति जान बाध्य पार्ने ,जिउँदै जलाउने सामाजिक अपराध थियोे , अाज त्यो छैन ।यसैगरी आफ्नो श्रीमानले दिएको सबैभन्दा प्यारो मायाको चिनो सिंदुर पोते ,चुरा तथा राता कपडाहरु लगाउन नदिने जुन सस्कार छ, यो संस्कार तत्काल हटाउनु पर्छ , यसको बिरुद्ध समाजमा धावा बोल्नै पर्छ र यसको शुरुआत पहिला अाफुबाट नै गर्नुपर्छ भन्ने उदेश्यले पत्र लेखिएको छु ।

प्रीय श्रीमती
मैले माथि नै भनिसके ,समाजको विभेद र अपमान प्रति धावा बोल्नै पर्छ त्यो शुरुआत अाफुबाट गर्नुपर्छ ।
जीवन अनिश्चित छ ,जुनसुकै बेला पनि समाप्त हुन सक्छ , त्यो पात्र म पनि हुन सक्छु त्यो बेला मैले तिमीलाई लगाईदिएको मायाको चिनो निधारमा लगाएको सिंदुर नपुछे , तिम्रो हातमा लगाएका ती राता चुराहरु नफोडे ,अनि तिम्रो गलामा लगाएको पोते कुनै हालतमा पनि ननिकाले । तिमीले लगाएका राता कपडाहरु नफेरे ।

प्रीय श्रीमती
यति गरी सकेपछि पनि कथित समाजले तिमीलाई विभिन्न अारोपहरु लगाउन सक्छ , तिम्रा कुरा काटन पनि सक्छन् तर ती सबै कुराहरुको वास्ता नगर्नु , आफ्नो गतिमा निरन्तर अगाडि बढिरहनु ।
प्यारी श्रीमती मलाई राम्रोसँग थाहा छ ,एउटी श्रीमान गुमाएकी नारीको पिडा । समाजमा ती महिलाले कति संघर्ष गर्नुपर्छ यो पुरुष प्रधान समाजमा त्यो अनुभुति गरिएकै छ ।
अन्त्यमा सामाजिक विभेदपुर्ण संघर्षमा निरन्तर अगाडि बढिरहने छौ भन्ने अपेक्षा सहित बिदा चाहन्छु ।
उहीँ तिम्रो श्रीमान
रामकृष्ण शर्मा
( लेखक सामाजिक रुपान्तरण नेपालका अध्यक्ष हुन ।)

 
 
  
 

You may also like