तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) तीन वटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज (आइतबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली रहने छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । साथै देशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको छिटफुट वर्षाको समेत सम्भावना रहेको छ । आइतबार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ ।

 
 
  
 

You may also like