एकै दिन ८० जनामा कोरोना, सक्रिय संक्रमितको संख्या २७९ पुग्याे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट एक हजार ११७ जनाको स्वाब परीक्षण गर्दा ८० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ४६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ६५१ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन ७६ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टामा १२ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या २७९ जना छ ।

 
 
  
 

You may also like