पालिकाको साझा कार्यक्रमले समग्र रुपन्देहीको बिकास सम्भव : नगर प्रमुख खाण

by समतल अनलाइन

तिलोत्तमा। रुपन्देहीका १६ वटा स्थानीय तहको साझा कार्यक्रमले मात्र रुपन्देही र समग्र देशको बिकास हुने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन्। जिल्लाका सम्पूर्ण स्थानीय तहहरु र जिल्ला समन्वय समिति बिच बुधबार तिलोत्तमा नगरपालिकामा आयोजना गरिएको घुम्ति बैठकमा बोल्ने जनप्रतिनिधिहरुले सबैको साझा कार्यक्रमले रुपन्देही र देशको बिकासमा पुर्ण गतिशिलता ल्याउने निचोड निकालेका हुन्। बैठकमा छाडा चौपायाको ब्यवस्थापन पालिका हरुको लागि मुख्य चुनौती रहेको बताएका छन ।जिल्लाका १६ वटै स्थानीय तहको संयुक्त प्रयासबाट मात्र छाडा चौपायाँ ब्यवस्थापन गर्न सकिने बैठकले निष्कर्ष निकालेको छ । खुल्ला सीमा र दुध दिन छाडेपछि सडकमा गाई छाड्ने प्रवृत्तिले गर्दा छाडा चौपायाँ बढ्दै जादा सडक दुर्घटनादेखि कृषकको बालिनालीमा क्षति पुग्ने गरेको उनिहरुले बताएका छन ।

तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणले छाडा चौपाँयाको ब्यवस्थापनको लागि भन्दै नगरमा २ वटा गौशाला सञ्चालन गरिएपनि अझैं नियन्त्रण हुन नसकेको गुनाशो पोख्नु भयो । नगरले सञ्चालन गरेको गौशालामा अहिले ३३५ वटा गाईगोरु रहेको र पालनपोषणको लागि एउटा गाईलाई मासिक १ लाख खर्च हुने गरेको उहाँले जानकारी दिनुभयो ।सडकमा भेटिएका छाडा चौपायालाई गौशालामा लगे पनि नियन्त्रणमा आउन नसकेको खाणले बताउँदै अन्तरपालिकाको समन्वयन बढाउँदै ब्यवस्थापन गर्न आवश्यकता रहेको बताउनु भयो ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले गाईगोरुलाई सडकमा छाडा छोड्नेहरुलाई गाउँपालिकाले कारबाही गर्न सुरु गरेको बताउनु भयो । गाईगोरुलाई सडकमा ल्याएर छोडेको थाहा पाए १० हजार जरिवाना तिराउँदै आएको उहाँले जानकारी दिनु भयो । छाडा चौपाया ब्यवस्थापनको लागि गाउँपालिकाले गौशाला सञ्चालन गरे पनि नियन्त्रणमा आउन नसकेको गुनाशो पाख्नेभयो । छाडा चौपायाले गर्दा गाउँपालिकामा किसानको बालीमा नोक्सानी गरेको गुनाशो आउने गरेको घिमिरले बताउँनु भयो ।५ विघा जग्गा भाडामा लिएर अस्थायी टहरा निर्माण गरेर दाना पानीको ब्यवस्थापन सहित एक सय वटा छाडा चौपायाँको ब्यवस्थापन गरेको जानकारी दिनुभयो । एउटा पालिकाले मात्र गौशाला सञ्चालन गरेर छाडा चौपायाँ नियन्त्रणमा आउन नसक्ने र सबै पालिकाको समन्वयनको खाचो रहेको घिमिरेले बताउनु भयो ।

सैनामैना नगरपालिकाका प्रमुख फडिन्द्र प्रसाद शर्माले छाडा चौपाँया ब्यवस्थापनको लागि कञ्चन गाउँपालिका , गैडहवा गाउँपालिका र सैनामैना नगरपालिका संयुक्त रुपमा मिलेर ब्यवस्थापनमा लागेको जानकारी दिनुभयो । गाईको दुध दिन छाडे पछि सडकमा छोड्नेहरुलाई कारबाही गर्दै नियन्त्रण गर्ने योजना बनाइएको उहाँले सुनाउनु भयो ।गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले छाडा चौपायासँगै निल गाईले गर्दा कृषकको बालीमा क्षति पुग्ने गरेको गुनाशो पोख्नु भयो । निल गाई नियन्त्रणको चुनौती देखिएको उहाँले बताउनु भयो । शिद्धार्थनगर नगरपालिकाका प्रमख ईश्तियाक अहमद खानले खुल्ला सीमाका कारण पनि छाडा चौपायाँ बढ्दै गएको बताउनु भयो । अहिले छाडा कुकुरको पनि नगरमा समस्या देखिएको उहाँले बताउँदै नियन्त्रणको लागि बन्धाकरण सुरु गरेको जानकारी दिनुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयले पालिकाहरुका बिचमा समन्वयनकारी भूमिका खेल्दै समस्याहरुको सामाधान गर्न शुझाँब दिनुभयो । आवश्यक कानून निर्माणमा जोड दिँदै उहाँले बजार अनुगमन र बिपत्त ब्यवस्थापनको तयारीमा लाग्नको लागि पनि शुझाँब दिनुभयो ।जिल्ला समन्वयन समितिका सभापति उमाकान्त चपाईले छाडा चौपाया सबै पालिकाहरुको शाझा चुनौती रहेको सामाधानका लागि पनि सबै पालिकाको समन्वयनकारी भूमिका रहेको बताउनु भयो । घुम्ति बैठक प्रत्यक महिनाको १० गते फरक –फरक पालिकामा बन्दै आएको छ । बुधबार तिलोत्तमा बसेको बैठकमा छाडा चौपाया ब्यवस्थापन , विद्यालयको मावि तहको कक्षा एकै समयमा सञ्चालन , खानेपानी संस्था दर्ताको लागि कानून निर्माण , विपत्त ब्यवस्थापन लगायतका एजेण्डामा छलफल भएको थियो ।

तिलोत्तमामा परिक्षा शुल्क भनी रकम उठाए बिद्यालयलाई कारबाही गरिने

तिलोत्तमा,२०७९ फाल्गुण १० गते। तिलोत्तमा नगरपालिका रुपन्देहीले बिद्यालयमा कक्षा ८ को परिक्षा शुल्क उठाए कानुन अनुसार कारबाही गर्ने जनाएको छ। नगरपालिकाले आज एक सुचना जारि गर्दै नगरले सबै परिक्षाको व्यवस्थापन गर्ने जानकारी गराउदै कुनै पनि बहानामा बिद्यालयबाट परिक्षा शुल्क उठाएको जानकारी पाउना साथ् नगरपालिकामा खबर तथा उजुरी गर्न अभिभावकहरुलाई आग्रह गरेको छ। नगरले पालिका स्तरको एस ई ई मोडलमा परिक्षा गराउने र सोही अनुसार चेक जांच समेत गराउने संगै परिक्षा प्रश्न पत्र, उत्तर पुस्तिका समेत पठाउने गरि तयारी गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो।

तिलोत्तमा नगरपालिकाको नगर परिक्षा संचालन तथा व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार नगर भरी रहेका निजि तथा सामुदायिक बिद्यालामा कक्षा ८ को परिक्षा चैत्र ७ गते शुरु गरि १५ गते सक्ने समेत निर्णय गरेको छ।

वर्ल्डबैंक र तिलोत्तमा नगरपालिका प्रतिनिधिबीच छलफल

तिलोत्तमा,२०७९ फाल्गुण १० गते। विश्व बैंकका उच्च अधिकारीहरू र तिलोत्तमा नगरपालिकाका प्रतिनिधि बीच नगरका ठुला गौरवका योजनाबारे छलफल सम्पन्न भएको छ।कोभिड–१९ महामारीले रोकिएका धेरै योजनालाई पुरा गर्ने तथा नयाँ योजनालाई समयमै सम्पन्न गर्ने गरी भएको छलफलमा निर्माण कार्यको प्रगति तथा प्रतिबेदनमाथि छलफल भएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो।

हाल संचालित योजनाको समष्टिगत आर्थिक एवम् वित्तीय अवस्था र नगरको योजना सम्बन्धी आगामी आर्थिक कार्यदिशाका विषयमा छलफल केन्द्रित थियो । सो भेटघाट तथा छलफलमा विश्व बैंक समूहका तर्फबाट जोन्स पबी,मनोज कुमार ला। मिलन कार्की, नविन रावल,विश्वराज बसौला, अस्मिता खनाल, प्रणव आचार्य, लागायत योजनाको क्षेत्रमा कार्यरत विभिन्न तहका प्राबिधिकहरुको उपस्थिति रहेको थियो।

सो क्रममा नगर भित्रका विश्व बैंकबाट प्राप्त सहयोगमा निर्माण हुन लागेको मंगलापुर कान्छीबजार सडकको प्रगती प्रतिबेदन तथा समयमै काम सिध्याउन सुझाव समेत् राखिएको थियो। भेटका अवसरमा विश्व बैंक समूहका जोन्स पबीले योजना निर्माण र समग्र नगरको आर्थिक वृद्धि र वित्तीय स्थायित्वको लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग समन्वय गर्दै यस पालिकालाई आवश्यक सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।विश्व बैंकको सहयोगमा तिलोत्तमा नगरपालिकाको मंगलापुर कान्छीबजार सडक खण्डसंगै विभिन्न गौरवका ४ योजना समाबेश छन्।

 
 
  
 

You may also like