संसद भवन अगाडि एक युवकले गरे आत्मदाहको प्रयास

by समतल अनलाइन

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको सडकमा इलामका एक युवकले आत्मदाह प्रयास गरेका छन् । मंगलबार दिउँसो इलाम पञ्चकन्याका ३६ बर्षीय प्रेम आचार्यले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
उनको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको प्रवक्ता मैनालीले बताए । ‘के कारणले आत्मदाह गरेको हो । हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।

 
 
  
 

You may also like