134
बाजुरा । बाजुरामा मंगलबार भूकम्पको कडा धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानाएको छ ।
बाजुरा बडिमालिका नगरपालिका–७ मा एउटा घर भत्केको डिएसपी सूर्य थापाले जानकारी दिएका छन् । उनका अनुसार मानवीय क्षति भए–नभएकोबारे जानकारी आइनसकेको बताएका छन् ।
previous post