सङ्गितमा भविष्य खोज्दै सामोत : पौडेल

by समतल अनलाइन

विश्व शान्तिको मुहान लुम्बिनीको कोखमा अवस्थित एतिहासिक एवं पर्यटकीय नगरी :भैरहवा। जुन पछिल्लो समय राष्ट्रिय स्तरका कलाकारहरु जन्माउने भुमिको रुपमा पनि परिचित छ । भैरहवाबाट पछिल्लो समय नेपाल आइडल सँगै विभिन्न समयमा राष्ट्रिय स्तरमा सर्जक तथा कलाकारहरु स्थापित हुन सफल भएका छन । विशेषत साँगितीक क्षेत्रको लागी भैरहवालाई एक उर्वर भुमिको रुपमा पनि लिन सकिन्छ । यस क्षेत्रबाट साँगितीक क्षेत्रमा गायक हेमन्त शर्मा नेपाल आइडल सिजन ४ का बिजेता भुपेन्द्र थापाा मगर, अप्सर अली लगायतका गायकहरुले राष्ट्रियस्तरमा ख्याती प्राप्त गरेका छन् । यसर्थ पनि भैरहवा क्षेत्रलाई गायन कलाको उर्वर भुमिको रुपमा लिन सकिन्छ ।

विशेष गरेर साँगितीक क्षेत्रमा लाग्न चहाने युवाहरुको लागी भैरहवा क्षेत्र एक उत्कृष्ठ भुमिको रुपमा पनि स्थापीत छ । भैरहवा क्षेत्रमा विभिन्न समयमा आयोजना हुने विभिन्न सास्कृतिक कार्यक्रम सँगै हरेक बर्ष लाग्ने औद्योगीक प्रदर्शनी तथा व्यापार मेलाहरुको माध्यमबाट युवाहरुमा लुकेको कलालाई पहिचान गर्र्दै स्थापीत गर्न मद्धत गर्दै आएको छ । जसकारण राष्ट्रिय स्तरमा सँगै स्थानीय क्षेत्रमा पनि थुप्रै कलाकारहरु स्थापीत हुन सफल भएका छन् ।

सांगितीक क्षेत्रको लागी उर्वर भुमि मानिएको भैरहवा क्षेत्रमा गायन देखी बाद्यबाद्यनमा पनि उक्तिकै सिपालु कलाकारहरु स्थापीत भएका छन । यस क्षेत्रमा हुने हरेक जसो साँगतिकी कार्यक्रममा सबैले सोध्ने खोज्ने विभिन्न कलाकाहरु मध्य एक हुन भैरहवा निवासी सर्जक सामोत पौडेल ।
गायन सँगै बाद्यबाद्यनमा पनि राम्रो दख्खले राख्ने उनी भैरहवामा हुने विभिन्न सांगितीक एव सास्कृतिक कार्यक्रममा कहिले ड्रम सेट त कहिले क्याजन बोकेर स्टेजमा उक्लने गर्दछन् । त्यसो त उनी आफैमा पनि राम्रो गाउने कला छ । तरपनि उनी गित गाउन भन्दा पनि राष्ट्रिय तहका कलाकार सँगै रहेर बाद्यबाद्यन मार्फत साँगितीक माहोल तताउन अझ मज्जा आउने उनको अनुभव छ ।

सिद्धार्थनगर नगरपालीका वडा नम्बर ९ का स्थायी बासिन्दा रहेका सामोत पछिल्लो बर्ष साँगितिक क्षेत्रमा आफ्नो भविष्य खोज्दै अगाडी बढीरहेका छन् । सानै उमेर देखी गित गाउने तथा बाद्यबादनमा रमाउने उनी पछिल्लो समय स्थानीय स्तरमा आफुलाई निखारदै अगाडी बढिरहेका छन् । सिद्धार्थनगरमा जन्मिएका सामोत बाद्यबादनमा राम्रो दख्खल राख्दछन् । साँगतिक क्षेत्रमा लाग्ने सानैदेखीको सपना रहेको बताउने उनी कक्षा ५ पढ्दा देखी नै अक्टापेड, ड्रम, क्याजन लगाायतका बाद्यबाधन बजाउने गर्दथे । पछिल्लो समय आधुनिकीकरण सँगै बाद्यबाद्यनमा पनि परिर्वतन आए सँगै उनले आफुलाई पनि समयानुकुल परिर्वतन गर्दै लगेका छन । आज भोली भैरहवा क्षेत्रमा हुने हरेक जसो साँगितीक कार्यक्रमा उनको खोजी हुने गर्दछ । बिशेषत ड्रम सेट बजाउन निकै सिपालु रहेका उनको बजाउने कलामा निपुणर् भएको कलाकारहरु बताउँछन् ।

पछिल्लो समय नेपाल आइडल सिजन ४ का बिजेता भुपेन्द्र थापा मगरको व्यान्ड मेम्बरको रुपमा पनि रहेका उनी भुपेन्द्रका सानै देखिका सांगितीक सहकर्मि पनि हुन । पछिल्लो समय उनको व्यान्डमा गितरिष्टमा आशिष पन्थले साथ दिदै आएका छन् भने भुपेन्द्रको व्यान्डनको कार्यक्रमको संयोजन प्रियन्का गुरुङ्गले गर्दै आएकी छन् ।

 
 
  
 

You may also like