कांग्रेस संसदीय दलको निर्वाचन आज, यस्तो छ कार्यतालिका

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज (बुधबार) हुँदैछ । बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ । मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा हुनेछ । कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रक्रियामा भाग लिनेछन् ।

कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उम्मेदवारी परेको छ । सभापति देउवालाई संसदीय दलको नेतामा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्ताव गरेका छन् । समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन् ।

महामन्त्री थापाको प्रस्ताव डा. शेखर कोइराला बनेका छन् । थापालाई पार्टी संसदीय दलको नेता बनाउने शेखरको प्रस्तावको समर्थकमा उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल बसेका छन् । यसैबीच, देउवाको पक्षमा रहेका भनिएका प्रकाशमान सिंह, शशांक कोइरालालगायत नेताको घरमै पुगेर थापाले आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

 
 
  
 

You may also like