कांग्रेस संसदीय दलको नेताका लागि आज मनोनयन दर्ता, यस्तो छ कार्यतालिका

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज (मंगलबार) उम्मेदवारी (मनोनयन) दर्ता हुँदैछ । कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देम्बे नेतृत्वको निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय दलको नेतामा उठ्ने सांसदले आज उम्मेदवारी दर्ता गर्नु पर्नेछ ।

उम्मेदवारी दर्ता आज दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ । उमेदवार बन्न ५१ हजार शूल्क तिर्नुपर्ने भएको छ । त्यसपछि दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने कार्यसूचीमा उल्लेख छ । आजै अपरान्हसम्ममा उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिकमा जनाइएको छ ।

निर्वाचन कार्यक्रम प्रकाशित स्थान, मिति र समयपभत्र मतदान क्षेत्रमा प्रवेश गरी लाम लाग्ने मतदातालाई मतदान गर्न दिइने बताइएको छ । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासहित नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले उम्मेदवारी दिने तयारी गरेका छन् । यद्यपि, कोइराला र थापाबीच सहमतिको प्रयास भइरहेको छ । कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रक्रियामा भाग लिनेछन् । बुधबार कांग्रेसको संसदीय दलको निर्वाचन हुँदैछ ।

 
 
  
 

You may also like