69
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ३८ पैसा र बिक्री दर १४१ रूपैयाँ ०२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ २५ पैसा र बिक्री दर १६१ रूपैयाँ ९९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा र बिक्री दर ३६ रूपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।