दक्षिण युक्रेनका ४० शहर र गाउँ पुनः कब्जा गरिएको जेलेन्स्कीको दाबी

by समतल अनलाइन

किभ । किभको सेनाले दक्षिणी युक्रेनका ४० भन्दा बढी शहर र गाउँहरू पुनः कब्जा गरेको राष्ट्रपति जेलेन्स्कीले दाबी गरेका छन् । मस्कोले आफ्नो सेनाले रणनीतिक शहर खेरसनबाट पछि हट्न थालेको संकेत गरिरहेका बेला जेलेन्स्कीको दाबी आएको हो ।

यसैबीच संयुक्त राज्यले किभको लागि नयाँ ४ ०० मिलियन डलर बराबरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ, जसमा रक्षा प्रणाली र सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू समावेश हुनेछन् । रुसी सेनाले केही दिनअघि युक्रेनका प्रमुख पूर्वाधारहरूलाई लक्षित गरेको थियो ।

‘आज हामीसँग दक्षिणबाट राम्रो समाचार छ’, जेलेन्स्कीले राष्ट्रलाई आफ्नो दैनिक सम्बोधनमा भने । ‘चलिरहेको रक्षा अपरेशनको भागको रूपमा आफ्नो सही स्थानमा फर्किने युक्रेनी झण्डाहरूको संख्या पहिले नै दर्जनौं छ’ जेलेन्स्कीले भने । उनले ४१ वटा बस्ती रुसी कब्जाबाट मुक्त गरिएको बताए । मस्कोले खेरसन सेनालाई हटाउनु ‘कठीन निर्णय’ भएको बताएको छ ।

 
 
  
 

You may also like