अब बन्ने गठबन्धनको सरकारले सुकुम्वासी समस्या समाधान गरेर छाड्छ ः शाह

by समतल अनलाइन

रुपन्देही । रुपन्देही क्षेत्र नंं ५ मा गठबन्धनका तर्फबाट प्रतिनिधि सभाकाउम्मेदवार नेपालीकांग्रेसका नेता भरतकुमार शाहले निर्वाचनपछि नेपालीकांग्रेसले सुकुम्वासी समस्या समाधानगर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

रुपन्देही क्षेत्र नं. ५ अन्तर्गतकाविभिन्न स्थानमाविहिवार भएको घरदैलो तथाचुनावी सभालाई सम्वोधनगर्दै उम्मेदवार शाहले यसअघि गाउँब्लकको समस्या समाधानभएको बताउँदै आगामीदिनमा नेपालीकांग्रेसको नेतृत्वमावन्ने सरकारले सुकुम्वासी समस्या समाधान गरेर छाड्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले रुपन्देही ५ मा धेरै विकासकाकामभएको बताउँदै आगामीदिनमापनि क्षेत्र नं. ५ का साना साना योजनापनि सम्पन्नगर्ने गरी त्यसलाई संघ, प्रदेश र पालिका स्तरमाविभाजनगरि अघि बढाउने बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा रुपन्देही ५ क बाट गठबन्धनका तर्फबाट प्रदेश सभाकाउम्मेदवार नेकपामाओवादीका केन्द्रिय सदस्यविनोद पहाडीले गठबन्धनको तर्फबाट आफू उम्मेदवार बनेको बताउँदै स्थानीय स्तरका समस्या समाधानगरि क्षेत्रलाई विकासको गतिमा अघि बढाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले विगतमा नेकपाएमालेको सरकारले विकासकानाममा केहीपनिनगरेको भन्दै अहिले धेरै काम गरेको भनेर जनताको आँखामा छारो हाल्ने काम गरेको आरोप लगाउनु भयो ।

कार्यक्रममाबोल्ने गठबन्धनका नेताकार्यकर्ताहरुले मंसिर ४ गते हुने निर्वाचनबाट गठबन्धनको जीत सुनिश्चितहुने यहाँकामतदाताको गठबन्धन दलहरुप्रतिको विश्वासले देखिएको बताउनु भयो ।

 
 
  
 

You may also like