एमालेलाई ओलीले राप्रपाकरण गरे : घनश्याम भुसाल

by समतल अनलाइन

रुपन्देही । रुपन्देही क्षेत्र नं १ मा वाम(लोकतान्त्रिक गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमाले जस्तो लोकतान्त्रिक पार्टीलाई केपी ओलीले राप्रपाकरण गरेको बताएका छन् । कमल थापालाई सुर्य चिन्हमा निर्वाचन लड्न दिएकोप्रति संकेत गर्दै नेता भुसालले एमाले राप्रपाकरण भएको टिप्पणी गरे ।

मंगलवार गठबन्धनले तिलोत्तमा नगरपालिका वडा नं ७ सेमरा बजारमा राखेको चुनावी कोणसभामा बोल्दै भुसालले एमालेको राप्रपाकरण र तानाशाहीकरणका कारण केपी ओलीमा पलाएको दम्भ र अंहकारले संविधान हान्न पुगेको र दुई(दुई पटक संसद विघटनको शृङ्खलाबाट देश गुज्रनुपरेको तर्क गरे । आउने पुस्तालाई ओलीले कसरी एउटा प्रभावशाली पार्टीलाई तहसनहस पारे र मुलुक नै तहसनहस हुने अवस्थामा पुग्यो भनेर कम्तीमा १० देखि १५ बर्षसम्म पढाउनु पर्नेछ। उनले भने, आजकल मलाई ओलीजीको बिरोध गर्यो भन्छन्, तर ब्यक्तिगत रुपमा मेरो कुनै दुश्मनी छैन ।

मैले कुनै कुरा मागेको पनि होइन तर ओलीजिले दक्षिण एसियाकै लोकतान्त्रिक पार्टी भनिएको एमालेमा बनमारा झार रोप्नुभयो, जसले पार्टी प्रणाली ध्वस्त गर्यो । भुसालले एउटा ठूलो र प्रभावकारी पार्टी बिग्रियो भने मुलुकले कस्तो दुख पाउदो रहेछ भनेर बच्चाबच्चीहरुलाई पढाउन जरुरी रहेको बताए । कार्यक्रममा बोल्दै गठबन्धन तर्फबाट रुपन्देही क्षेत्र नं १(२) का प्रदेशसभा सदस्य उम्मेदवार अब्दुल रज्जाकले आफुहरु लोकतन्त्रको रक्षाका लागी प्रतिवद्ध रहेको बताए । रज्जाकले यस क्षेत्रको विकाससँगै संविधानको रक्षा गर्न आफुहरु पछि नपर्ने बताए । उनले जनताको कारणनै देशमा संघिय लोकतान्त्रि गणतन्त्र स्थापना भएकोले उपलब्धीको रक्षा जसले गर्छ उसैलाई मतदान गर्ने कुरामा जनता प्रतिबद्ध रहेको बिश्वास व्यक्त गरे ।

त्यसैगरी क्षेत्र नं १(१) का उम्मेदवार विश्वनाथ यादवले सुकुम्बासी समस्या समाधान र यस क्षेत्रको विकासका लागि आफुले काम गर्ने बताए । गठबन्धनले रुपन्देही क्षेत्र नं १ मा घरदैलो कार्यक्रम गरिरहेको छ । गत आइतवारदेखि शुरु भएको घरदैलो कार्यक्रम अन्तर्गत क्षेत्रका ३३ वडाहरु मध्य अहिले सम्म रोहिणी वडा नं १, २, ३, ४, ५, ६, ७, देवदह १०, तिलोत्तमा ७, ८, ९, १२ ओमसतिया ६ लगायत वडाहरुमा घरदैलो कार्यक्रम सकिएको छ भने अन्यमा जारी छ ।

 
 
  
 

You may also like