बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वारा महिलाहरुलाई मतदाता शिक्षा प्रदान

by समतल अनलाइन

बुटवल । आसन्न संसदीय निर्वाचनमा मत बदर हुन नदिन बाम लोकतान्त्रीक गठबन्धनले महिलाहरूलाई मतदाता शिक्षा प्रदान गरेको छ । रुपन्देहीको योगिकुटिमा गृहिणी महिलाहरूलाई मतदान शिक्षा प्रदान गरिएको हो । मतदाताहरूलाई मतदान गर्न सहज होस् भन्ने उद्देश्यले मतदाताहरूलाई मतदान सहजीकरणको लागि मतदान शिक्षा दिइएको बाम लोकतान्त्रिक गठबन्धनको प्रसार प्रसार कार्यालयले जनाएको छ ।

मतदाता शिक्षा प्रदान गर्दै रुपन्देही २ का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार केशव बहादुर थापा(सूर्यवंशी)ले आफूहरू प्रतिगमन विरुद्धको लडाइमा रहेकोले संविधान र देश बचाउनको लागि बदर नहुने गरी गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष थापाले देशमा सुशासन कायम राख्न, देशमा विकास र समृद्धिका लागि आफू निर्वाचनमा होमिएको बताए ।

उनले मत अमूल्य रहेको बताउँदै मत बदर हुन नदिन मतदाताहरूलाई मतदान शिक्षाको आवश्यकता रहेको बताए । कार्यक्रममा बोल्दै रुपन्देही२(१)का उम्मेदवार दीर्घ बहादुर केसी(कुमारले अगाडिका नेतृत्वले खासै विकास गर्न नसकेको बताउँदै काँग्रेसको नेतृत्व र गठबन्धनको सरकार बनाउन जनताले मतदान गर्न आव्हान गरे । नेपाली काँग्रेसका युवा नेता समेत रहेका उनले नेकपा एमालेले दुई तिहाइ बहुमतमा पनि कुनै काम गर्न नसकी देशलाई दुर्घटनामा पु¥याउन खोजेकोले बनेको गठबन्धनले संविधान र देशको रक्षा गर्ने दाबी गरे ।

बाम लोकतान्त्रिक गठबन्धनका रुपन्देही २(२)का उम्मेदवार वामदेव क्षेत्रीले जनताको आधारभूत आवश्यकता पुरा गर्ने उद्देश्यले निर्वाचनमा उत्रिएको बताए ।उनले ५ वर्षमा एक पटक मात्रै हुने मतदानलाई काम गर्न नसक्नेलाई दिएर मत खेर नफाल्न आग्रह गरे । नेपाल व्यूटीसियन संघ रुपन्देहीको आयोजनामा आयोजित मतदाता शिक्षा प्रदान कार्यक्रममा बोल्दै संघ केन्द्रीय उपाध्यक्ष शान्ता शर्माले मतदाता शिक्षाको आवश्यकता रहेको बताउँदै यस्ता कार्यक्रम गर्दा मत बदर नहुने बताईन् ।

 
 
  
 

You may also like